इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० तरहराको पानीपियादेखि धरानको सेउतीसम्मको सडक निर्माण सुरु

सुनसरी / इटहरी २० स्थित तरहराको पानीपियादेखि धरानको सेउती पुल सडक–खण्डको काम सुरु भएको छ । यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्फी दबावपश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको हो । ठेकेदार कम्पनी हिमढुङ्गरप्यासिफिक जे.भी. आर्थिक वर्ष २०७९/०८० असार मसान्तबाट सडक निर्माणको काम अलपत्र छाडेर बेपत्ता बनेको थियो । लामो समयमा पनि सडक निर्माण सम्पन्न नगर्दा यातायात व्यवसायी, यात्रु, पर्यटन व्यवसायीलगायतले सास्ती पाए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोसी प्रदेश समितिले दबावस्वरूप जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र बुझाएको थियो । ज्ञापन–पत्रमा राजनीतिक दल, सुनसरी उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घलगायतले ऐक्यबद्धता जनाएका थिए । महासङ्घले ज्ञापन–पत्र बुझाएपश्चात् सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठेकेदार कम्पनीसहित सरोकार पक्षलाई असोज ११ गते छलफलमा बोलाएकी थिइन् । छलफलमा ठेकेदार कम्पनी अनुपस्थित बनेको थियो । ठेकेदार कम्पनी उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क