इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० तरहराबाट धरानको सेउती पुल सम्म सडक धुलाम्मे

सुनसरी : इटहरी २० तरहराबाट धरानको सेउती पुल सम्म सडक धुलाम्मे रहेको छ । केही समय अघि सडक निर्माण गर्ने भने पनि पछि आएर सडक निर्माण तिव्रता लिएको छैन । सो सडकमा यात्रा गर्ने यात्रुहरूले धुलो खादै यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । बस, ट्रक लगायत ठुला सवारीसाधन साधनमा यात्रा गर्ने यात्रुलाई भन्दा बाहेक , स्कुटर जस्ता सवारीसाधनमा यात्रा गर्ने यात्रुले धुलाम्मे हुनु पर्ने बाध्यता रहेको छ । तरहराबाट सेउती सम्म एक पट्टी काहिँ कत्तै निर्माण भईरहेको छ । कालोपत्रे एक लेवलमा छैन । सो सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन। विगत दुई वर्षदेखि सुरु भएको सडक विस्तारसँगै ढल र नाला निर्माणले गति नलिँदा यात्रुहरूले सुक्खा मौसममा धुलोको पीडा सहन बाध्य छन् । टकटकाउँदो पोसाकमा धरान ,भेडेटार, धनकुटा जस्ता पहाडी भुभाग जिल्लामा यात्रा गर्दा नचिनिनेगरी धुलोमय भइन्छ । सडकको उक्त खण्ड समयमा पुरा नहुँदा धुलो, उबड खाबडले सवारी र यात्रीहरूले कठिन र दुर्घटना सम्मको जोखिममा उठाउँदै आएकाले यथाशिघ पुरा गर्न माग सहित सुनसरी उद्योग वाणिज्य सङ्घले सडक योजना कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियोे । यता , धरानको सेउती पुलबाट तिनकुने सम्म सडक निर्माण भइसकेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क