इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० तरहरामा ११ लाख ६ हजार बढी लागतमा खुल्ला व्यायामशाला उद्घाटन

सुनसरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका हेमकर्ण पौडेल खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर २० तरहरामा स्थित बहुभाषी खेल मैदानमा इटहरी उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा उपभोक्ताको लागत तथा सहभागिता सहित ''स्वच्छ मानसिकता,सफा मन व्यायामसालानै दैनिक जीवन" नारा सहित खुल्ला ब्यायामशाला इटहरीका मेयर हेमकर्ण पौडेल र इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उद्घाटन गरेका छन् । इटहरी उपमहानगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको लागत साझेदारी बापतको १ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसा गरि ११ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसाको लागतमा खुल्ला व्यायामशाला निर्माण गरिएको हो । स्वस्थ्य जिवनका लागि शारीरिक व्यायाम अत्यावश्यक भएकाले मेयर पौडेलले स्थानीय सरकारले खुल्ला सार्वजनिक खेल मैदानको संरक्षण गर्दै इटहरीका सबै वडामा सवै उमेर समुहका नागरिकहरूले अनुभुति गर्ने गरि आगामी आर्थिक बर्ष २०८०-०८१ को बजेटमा व्यवस्था गरि इटहरीका सबै वडामा थप खुल्ला व्यायामशाला निर्माण सम्पन्न गर्ने उनले बताए । *सच्याईएको ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क