इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० मा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । तरहरास्थित हाँसपोसा सामुदायिक वनको भवनमा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो । सबै सरोकारवालाहरूले क्यान्सरबारे जान्नुपर्ने भएकाले स्तन क्यान्सर सम्बन्धी प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । उनले सचेतना अभियानलाई व्यापक रूपमा फैलाएमा स्तन क्यान्सर रोगको भयावह स्थितिलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्काले प्रशिक्षण दिइन् । उनले रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम रहेको बताइन् । यदि रोग लागिहालेपनि समयमै उपचार गर्न सकिएमा क्यान्सर निको हुने बताइन् । स्तन क्यान्सरविरुद्ध जागरण फैलाउने अभियानका रूपमा अक्टोबर महिनालाई लिइन्छ। यही महिनामा संसारभर विभिन्न कार्यक्रम आयोजना गरीअभियान चलाइन्छ । एक दिने सचेतनामूलक कार्यक्रममा इटहरी २० का वडा सदस्यद्वय धर्मा गिरी, तनुज गुरूङ (सुरेश), इटहरी २० स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय महिलाहरूको सहभागी रहेको थियोे ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता