इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी- इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् । पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताए । अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले बताए । वडाको भवन अगाडि नै उद्घाटन हुने थियोे भने केही वाधा अडचनले ढिलाइ भएको इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख द्वारिकालाल चौधरीले बताए । युएइमा सम्पन्न भएको सुपर कप २०२४ को ८४ प्लस तौल समुहमा स्वर्ण पदक पाएका इटहरी वडा नम्बर ४ का सागर राउतलाई सम्मान समेत गरिएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क