इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी ६ को नेसनल गल्लीबाट मोबाइल चोरी

सुनसरी / इटहरी- ६ नेसनल गल्लीमा रहेको एउटा मोबाइल पसलबाट ५० हजार बराबरको मोबाइल चोरी भएको छ । नेसनल गल्लीमा रहेको एउटा मोबाइल पसलमा पहिलो दिन चोर जान्छ । मोबाइल हेरि फर्किन्छ र भोलिपल्ट फेरि त्यही पसलमा गएर नजिकैको चलेको संस्थालाई देखाउदै म त्यहाँको डाक्टर हो भन्छन् । मलाई यो मोबाइल मन पर्यो यसको बिल बनाएर मोबाइल र बिल अफिसमा ल्याइदिनु पैसा अफिसले दिन्छ भनी चोर बाटोलाग्छ । ब्यापारीले ५० हजारको मोबाइल बिक्रीभो भनी हतार हतार बिल तयार गरि अफिस तर्फ बिल र मोबाइल बोकि लाग्छ । चोरले संस्थाको गेटैमा साउजिलाइ भेट्छ र मोबाइल र बिल लिन्छ साउजिलाइ कोहि नभएको कोठामा लगि तपाईं यहीँ बस्दै गर्नुस् । म बिल पासगरेर पैसा यहीँ ल्याइदिन्छु भनी साउजिलाइ त्यहीँ बस्नलगाइ कोठा बाहिर निस्किन्छ र उनी बेपत्ता हुन्छन् । मोबाइल पसलका साउजीले झन्डै आधा घण्टा कुर्छन् तर चोरी गर्ने पुरूष बेपत्ता भए । सो पसलबाट सामसुम ए थ्री थ्री मोबाइल चोरी भएको छ । चोरी गर्ने व्यक्तिलाइ इलाका प्रहरी कार्यलय इटहरीले खोजी गरिहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क