इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग

काठमाडौँ । इटालीमा एक महिलाको मूर्तिलाई लिएर यतिखेर चर्को बहस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो । तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी ‘सेक्सिज्म’ (महिलाविरोधी विचारधारा) लाई लिएर बहस चलेको छ ।उक्त मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ। आज आएर यो मूर्तिको भाव र मर्ममाथि यति धेरै विवाद बढेको छ कि धेरैजसो नेताहरु नै यो मूर्ति ढाल्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी महिलावादी नेतृत्वकर्ताहरुले यसलाई ढाल्नुपर्ने माग उठाएका हुन् । यो मूर्ति इटालीको दक्षिणमा अवस्थित साप्री शहरमा बनाइएको छ । जुन प्रसिद्ध इटालियन कवि लुइजी मिरकन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् । महिला नेतृहरुको एक समूहले यो मूर्ति भत्काउन माग गरेको छ । उनीहरुले एक बयान जारी गर्दै भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खालि एक यौनिक तरीकाले बनेको शरीरको रूपमा यस मूर्तिलाई देख्दा लाज लाग्छ ।’ उनीहरुको बयानअनुसार, यो मूर्तिको सामाजिक र राजनैतिक मुद्दाहरुसंग कुनै सम्बन्ध छैन, न त यसको कुनै आत्मा छ ।इटालीकी डेमोक्रेटिक पार्टीकी सांसद मोनिका चिरिन्नाले यस मूर्तिलाई इतिहासमाथि र महिलाहरुकै अनुहारमा चोटिलो थप्पडको रुपमा व्याख्या गरेकी छन् । उनले एक ट्वीट गर्दै भनेकी छन्, ‘यो मूर्तिले इतिहासकी त्यस अन्न संकलक (महिला)को प्रतिबद्धताको बारेमा केही पनि प्रकट गर्दैन, जसले दमनकारीहरुको विरुद्धमा खडा हुनका लागि काममा जान छाडेर विद्रोह गरेकी थिइन् ।’तर उक्त शहरका मेयर एन्टोनियो जेन्टीले भने आफ्नो एक फेसबुक पोस्टमा उक्त मूर्तिको बचाव गरेर कलाकारिताप्रति समझ राख्नुपर्ने बताएका छन् । उनले यस मूर्तिलाई कलाकार इमानुएल स्टेफानोले एक फरक ‘कौशल र गहिरो समझ’बाट निर्मित कला भनेका छन् । मेयर जेन्टीले भनेका छन् कि उनको शहर यस कलाको मूल्य, सिद्धान्तहरु र परम्परामाथि प्रश्न गर्नका लागि तयार छैन।यो मूर्ति बनाउने कलाकार भने आफ्नो कलाको मूल्यमाथि धावा बोलिएको भन्दै खिन्न र निराश छन् ।मूर्तिकार स्टेफानोले पछिल्लो समय बहसमा आएको यस मुद्दाबारे एक फेसबुक पोष्ट लेखेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले हाल देखिएका यी आलोचनाले आफू निराश र खिन्न भएको बताएका थिए । आफ्नो मूर्तिको बचाउ गर्दै उनले भनेका छन् कि उनी सधैं मूर्तिहरुलाई कम्तीमा एक पातलो नै भए पनि कपडाले ढाक्ने (छोप्ने) कोसिस गर्दछन्, चाहे त्यो पुरुषको मूर्ति होस् या महिलाको मूर्ति । उनको यो भनाइ इतिहासमा र विभिन्न देशमा समेत नग्न मूर्तिहरु समेत रहेकोप्रति लक्षित छ । तर उनको मूर्ति भने कम्तीमा नाङ्गै चाहिँ छैन । यस मूर्तिको सन्दर्भमा उनले थप के भनेका छन् भने उनी एक ‘आदर्श महिला’ र उसको आफूप्रतिको गर्व र तथा चेतनाको जागरण देखाउन चाहन्थे ।साथै मूर्तिकार स्टेफानोले यस मूर्तिको डिजाइन गर्दा नै त्यहाँका अधिकारीहरुद्वारा अनुमोदित भएको थियो । पछिल्लो समय विशेषगरी ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्जालमा यो मूर्तिबारे विभिन्न टीका–टिप्पणी एवं बहस भइरहेका छन् ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क