इन्फो नेपाल — सञ्चारको सञ्जाल

इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

सुनसरी / दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति निकिता चौधरीको हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । विराटनगर महानगरपालिका १७ मटेरुवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप उनीमाथि छ । उनले विवाहको बेलामा चौधरीसँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइतीपक्षको आरोप छ । हत्या भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुुनसरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क