इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्द्रसरोवरमा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश

हेटौँडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजी लक्ष्मण बहादुर सिंहको प्रमुख उपस्थितिमा इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वेश स्थापना गरिएको हो। थाहा नगरपालिका, इन्द्रसरोवर र भीमफेडी गाउँपालिकालाई लक्षित गरी सशस्त्र प्रहरीले विपद् व्यवस्थापन वेश राखेको छ। मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरणका लागि, सम्भावित दुर्घटनामा उद्धार कार्यलाई सहज बनाउन र शान्ति सुरक्षाका लागि यो वेश स्थापना गरिएको हो। सशस्त्र प्रहरी बल १४ नं गणका प्रमुख अनिल कार्कीले जानकारी दिए । विपद् व्यवस्थापन वेशमा शसस्त्र प्रहरी बल नेपाल १४ नं गण हेडक्वार्टर मकवानपुरबाट आवश्यक सामग्री र विपद् तालिम प्राप्त जनशक्ति परिचालन गरिएको छ। उक्त अवसरमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले उद्धार प्रक्रियामा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेका थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क