इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलामको पाथीभरामा मन्दिरमा भदौ महिनामा नौ लाख माथी भेटी संकलन

सुनसरी / इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा भदौ महिनामा दाताहरुबाट नौ लाख माथी भेटी संकलन भएको छ । बिगत केही वर्ष अघि बर्खाको सिजनमा करिव शुन्य जस्तै भेटी संकलन हुने यस मन्दिरमा बर्खाको सिजनमा समेत राम्रो भेटी संकलन भएको आज जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भदौ एक गतेबाट ३१ गतेसम्ममा जम्मा ९ लाख १२ हजार चार सय ४५ रुपया संकलन भएको समितिले जानकारी दिएको छ । मन्दिरमा आउने भक्तजनहरुबाट चढाइएको तथा दान गरेको भेटीलाई पछिल्लो मन्दिर ब्यवस्थापन समितिले मासिक रुपमा सार्वजनिक गर्दै आएको छ । पछिल्लो पटक समेत भक्तजनहरुबाट दान, भेटी, गोप्य दान, जिन्सी र अन्य सहयोग गरेर सो रकम संकलन भएको बताइएको छ । अघिल्लो महिना अर्थात साउनमा महिनामा समेत चार लाख, ६३ हजार पाँच सय ८८ रुपयाँ भेटी संकलन भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क