इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाममा बन्यो ८ सय २० मिटर लामो झोलुङ्गे पुल

सुनसरी / इलामको माइ नगरपालिका वडा नम्बर -१ र बिहीबारेको घण्टे जोड्ने झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल नेपालमा निर्माण भएका मध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माण पछि माइखोला वारपार गर्न सहज भएको छ । इलामको माइ नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुङगे पुल निर्माण भएपछि स्थानीयवासिन्दा दङ्ग परेका छन् । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको ६ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरेको विभागले जनाएको छ । सात वटा पीलरसहित निर्माण भएको यो झोलुङगे पुलको चार वटा टावर रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले बताए । माइखोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जीतपुरसम्मका बासीन्दालाई आवत जावत गर्न सहज भएको छ । माइखोलामा निर्माण भएको पुल देशकै दोस्रो लामो झोलुङगे पुल हो । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सजिलो भएको छ । यो क्षेत्रमा पुल नहुँदा वर्षेनी खोला तर्नु बाध्यता थियो भने गत वर्ष मात्र तीनजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएका थिय ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क