इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाममा सवारी चालक अनुमती पत्र लिन पाइने

सुनसरी : इलाममा यातायात व्यवस्था सेवा कार्यलयले सवारी चालक अनुमति प्रदान गर्नको लागि अनलाइन आवेदन खुला गरेको छ । कात्तिकमा सवारी चालक अनुमति पत्र इलाम जिल्लाबाट पनि वितरण हुने भएको छ । इलाम सहित , ताप्लेजुङ , तेह्रथुम र पाँचथरका सेवाग्राहीले इलामबाट सेवा लिनसक्ने कार्यलयका प्रमुख छवि खतिवडाले जानकारी दिएका छन् । यशअघि यश क्षेत्रमा सेवाग्राही झापा मोरङमा रहेको कार्यलयबाट सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यता थियोे । त्यि कार्यलयहरूमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले सेवा लिनको लागि लामो समयसम्म कुर्नुपथ्यौ । इलामबाट सेवा सुरु भएपछि पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने छ । कार्यलयबाट ए वर्गमा पर्ने मोटरसाइकल , स्कुटर र मोपेड, के वर्ग अन्तर्गतको स्कुटर , बि वर्ग अन्तर्गतको कार , जीप , डेलिभरि भ्यानको लागि अहिले सवारी चालक अनुमानि पत्र दिइने छ । भौतिक पूर्वधार मन्त्रालय र विभागमा सी वर्ग अन्तर्गतको टेम्पो, अटो रिक्सा, जे१ वर्ग अन्तर्गतको एक्स्काभेटर, जे २ वर्ग अन्तरगतको ब्याकहुक लोडर र इ वर्ग अन्तर्गतको ट्याक्टरको समेत सवारी चालक अनुमति पत्र वितरण गर्न अनुमतिको लागि समेत प्रक्रिया थालिएको छ ।फाईल फोटो

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क