इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाम पाथीभरामा एक वर्षमा डेढ करोड बढी भेटी सङ्कलन

इलाम | इलामको रोङ गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरामा एक वर्षमा डेढ करोड माथि भेटी सङ्कलन भएको छ ।

गाउँपालिका ३ कुटी डाँडामा रहेको मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम सङ्कलन गरिएको हो ।

सो अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ नगद र नौ लाख ९९ हजार छ सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको संरक्षण समितिका अध्यक्ष दिलिप कुमार राईले जानकारी दिए ।जिन्सी अन्तर्गत सुन, चाँदीलगायत विभिन्न धातु सङ्कलन भएको उनले बताए ।

समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय नगद २१ हजार बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी र कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ७५ हजार चार सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क