इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाम र पाँचथरमा दुई सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

सुनसरी | प्रदेश १ को इलाम र पाँचथरमा स्कारपिओ र ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । मेची लोकमार्गअन्तर्गत इलामको सूर्योदय नगरपालिका-७ सुकेपोखरीमा स्कारपिओ गाडी झापाबाट इलामको फिक्कलतिर जाँदै गरेको प्रदेश १–०१–००१ च ९१९३ नम्बरको स्कारपिओ साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको हो । बाक्लो हुस्सुका कारण अनियन्त्रित भएर स्कारपिओ सडकबाट ८० मिटरजति तल झर्दा छ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो । घाइतेमध्ये बिर्तामोड नगरपालिका–५ का ६० वर्षीय ईश्वरीप्रसाद खरेलको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख बासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर स्कारपिओ चालक बिर्तामोड–५ का ४८ वर्षीय गणेश पराजुली, बिर्तामोड–४ का ५३ वर्षीय सन्तोष श्रेष्ठ, ४५ वर्षीय डिल्ली बस्नेत, ४४ वर्षीय एकराज विष्ट र बिर्तामोड–३ का ५६ वर्षीय टसबहादुर श्रेष्ठ घाइते भएका छन् । त्यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–३ नाम्लोवामा हिजो राति ११ः४५ बजेतिर ट्याक्टर पञ्चमुखीदेखि थोक्लेबुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एसपी खतिवडाका अनुसार दुर्घटनाग्रस्त ट्याक्टरले किचेर चालक फालेलुङ–३ का २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन साँवाले ट्याक्टर चलाएको प्रहरीले जनाएको छ ।साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क