इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाम र बझाङको उपचुनावका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने इलाम–२ र बझाङ–१ को प्रतिनिधि सभा उपचुनावका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यस उपचुनावका लागि फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने र चैत २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका राखेको हो। त्यसैगरी चैत २४ देखि २७ सम्म उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि रहनेछ भने वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। यसअघि गत मंसिर २८ गते इलाम-२ का सांसद महेन्द्रकुमार राई र बझाङ-१ का सांसद जयपुरी घर्तीको निधन भएपछि उक्त सिटमा उपचुनावको मिति तय भएको हो।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क