इन्फो नेपाल — सञ्चारको सञ्जाल

इलाम-२ को उपनिर्वाचनमा एमालेबाट सुहाङ

काठमाडौं । उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङले इलाम जिल्लावासीको सेवा गर्ने संकल्प व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भए पनि मन, वचन र कर्मले इलामको सेवा गर्ने बताएका हुन् । आगामी १५ वैशाख २०८१ मा हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेकपा एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनले यसमा खुशी व्यक्त गर्दै पार्टी र नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । पार्टीको निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना प्राप्त भएकोमा पनि उहाँले कृतज्ञता व्यक्त गरे । नेम्वाङले उक्त उपनिर्वाचन विशेष अवस्थामा भइरहेको बताए । प्रतिनिधिसभा निर्वाचन-२०७९ मा इलामेलीले उहाँका बुवा सुवासचन्द्र नेम्वाङलाई जिताएका थिए तर उनको निधन भएपछि उपनिर्वाचन आवश्यक परेको हो । नेम्वाङले बुवाप्रतिको इलामेलीको आशा, अपेक्षा र विश्वासलाई पुरा गर्न आफू उम्मेदवार बनेको बताए । इलामका आदरणीय नेताहरुको संघर्ष र योगदानप्रति सम्मान व्यक्त गर्दै नेम्वाङले इलामका लागि स्पष्ट योजना र मार्गचित्र भएको बताए । उनले इलाम जिल्लावासीको साथ र सहयोग पाउने अपेक्षा राखेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क