इन्फो नेपाल — सञ्चारको सञ्जाल

उच्च अदालतको आदेशपछि हेटौँडामा फोहोर सङ्कलन रोकियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिकामा बिहीबारदेखि नियमित हुँदै आएको फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य रोकिएको छ। उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेपछि उपमहानगरपालिकाले फोहोर व्यवस्थापन स्थगित गरेको हो। उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार अदालतको आदेशपछि वैकल्पिक स्थानको अभावमा फोहोर उठाउने काम रोक्नुपरेको छ। उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगित गरिएको जानकारी गराएको छ। राप्ती तटमा रहेको फोहोर सङ्कलन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा अर्को निर्णय नभएसम्म फोहोर नफाल्न र फाल्न नलगाउन निर्देशन दिइएको छ। अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न माघ २९ गतेका लागि पेशी तोकेको छ। वैकल्पिक स्थान खोज्ने प्रयास भइरहेको भए पनि हालसम्म उपयुक्त विकल्प नपाइएको प्रवक्ता न्यौपानेले बताए। उनले नगरबासीलाई अर्को व्यवस्था नभएसम्म घरमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेका छन्। वि.सं. २०२६ मा तत्कालीन हेटौँडा नगर पञ्चायतले राप्ती तटलाई फोहोर फ्याँक्ने स्थान तोकेपछि ५५ वर्षदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन हुँदै आएको थियो। अहिले अदालतको आदेशसँगै हेटौँडाको फोहोर व्यवस्थापन अन्योलमा परेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क