सुनसरी / उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-१० स्थित हडिया खोलामा आएको बाढीले बगाएका सुमोसहित यात्रीहरूलाई उद्धार गरिएको छ ।
आज शुक्रवार विहान शिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं. को सुमोमा सवार एक जना नाबालकसहित चार जना यात्रुलाई उद्धार गरिएको हो । करिब १ सय मिटर तलसम्म बगाएको सुमो स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
गाडी रिजर्वमा काठमाडौं जादैँ गरेको थियो । बाटोहरु पक्की बनाइपनि खोलाहरुमा पुल नभएकोले वर्षेनी हडियाका स्थानीयले बेल्टार तथा गाईघाट आवत–जावतमा निकै सास्ति खेप्दै आएको स्थानीयहरुको गुनासो रहेको छ । - साङ्केतिक तस्बिर
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…