इन्फो नेपाल — सञ्चारको सञ्जाल

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरूले आज कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ व्रत पूरा भएको हो।

​बिहानैदेखि मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारसहित तराई–मधेश, काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालु र दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। पर्वका अवसरमा देशभरका छठ घाटहरूलाई विशेष रूपमा सिँगारिएको छ।

​सरकारले छठ व्रत समापनको अवसरमा आज (सोमबार) पनि देशभर सार्वजनिक बिदा दिएको छ। विगतका वर्षहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने कात्तिक शुक्ल षष्ठीका दिन मात्र सार्वजनिक बिदा दिँदै आएकोमा यस वर्ष सरकारले षष्ठी र सप्तमी दुवै दिन बिदा दिएको हो।

​कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने छठ पर्वमा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै सूर्यदेव र छठी माताको उपासना गर्ने परम्परा छ।

सम्बन्धित समाचार

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैँ । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार देशभर सार्वजनिक बिदा द…

इन्फो डेस्क