इन्फो नेपाल — सञ्चारको सञ्जाल

उपप्रधानमन्त्रीलाइ अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । 

जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।  

अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । 
जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ । 

बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् । 

आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् । 

लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो । 
 

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क