भोजपुर - भोजपुर नगरपालिका वडा नं ५ तल्लो बोखिमस्थित जगदिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले न्यानो पोशाक वितरण गरेकी छन्।
विद्यालयमा अध्ययनरत ६४ जना बालबालिकालाई उपप्रमुख शेर्पाले न्यानो पोशाक वितरण गरेकी हुन्। उनले विद्यार्थीहरूलाई मात्र नभई कार्यरत शिक्षकहरूलाई पनि टोपी र दोसल्लाले सम्मान गरेकी छन्।
उपप्रमुख शेर्पाले नगरभित्रका विद्यालयहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्य निरन्तर गर्दै आएको बताएकी छन्। उनले यसअघि पनि नगर क्षेत्रभित्रका विद्यालयहरूमा कपडा वितरण, कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेको जानकारी दिइन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…