सुनसरी / उर्लाबारीमा आफ्नै मामाको ह'त्या भान्जाले गरेका छन्। मोरङको उर्लाबारी नगरपालिका- ८ मा हिजो राति पाहुना आएका मामाको ह'त्या आरोपमा उर्लाबारी- ८ का २२ वर्षीय सुजन पाँचकोटी पक्राउ परेका हुन् ।
उनले धारिलो हतियार बाम्फोक दाउले टाउकोमा प्रहार गरेर ४२ वर्षीय मामा काजी महराको ह'त्या गरेको उर्लाबारी प्रहरी कार्यलयले जनाएको छ । खाना खाएर सुतेका उनीमाथि भान्जा बहिनीका छोरा सुजनले राति बाम्फोकले प्रहार गरेको थिए ।
निद्रामा रहेका बेला बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका उनको मृत्यु भएको हो ।
मामाको ह'त्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । ह'त्याको विषयमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…