इन्फो नेपाल — सञ्चारको सञ्जाल

उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु

सुनसरी / मोरङको उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार साँझ उर्लाबारी नगरपालिका -५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले पुष्टि गरेको छ । दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ५ का ३० वर्षीय मौसम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारका लागि उर्लाबारी स्थित अरनिको हस्पिटल पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उनको चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले मोटरसाइकल, सिटी सफारी र सफारी चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क