इन्फो नेपाल — सञ्चारको सञ्जाल

ऋण तिर्ने विषयमा दाजुभाइबीच झगडा, भाइले हानेको ढुंगाले लागेर दाइको मृत्यु

रुपन्देही: रुपन्देहीको गैडहवामा ऋण तिर्ने विषयमा विवाद हुँदा भाइले हानेको ढुङ्गाले लागेर दाइको मृत्यु भएको छ। गैडहवा १ को पच्चिस बगियाका ३० वर्षीय महेश भरको आफ्नै भाइ उमेश भरले हानेको ढुगांले लागेर मृत्यु भएको हो। लघुवित्तको ऋण तिर्ने विषयमा मंगलबार साँझ दाजुभाइबीच झगडा र पिटापिट भएको थियो। सोही क्रममा भाइ उमेशले हानेको ढुगांले लागेर गम्भिर घाइते भएका महेशको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताए। सुर्यपुरा ग्रामिण लघुवित्तबाट दुइ वर्षअघि भर परिवारले २० हजार ऋण लिएका थिए। लामो समय ऋण नतिरेको भन्दै मंगलबार दिँउसो लघुवित्तका कार्मचारी भरको घर पुगेका थिए। साँझ ९ बजेतिर खाना खाने बेला ऋण कसले तिर्ने भन्ने विषयमा दाजुभाइबीच झगडा भएको थियो। झगडाकै क्रममा पिटापिट हुँदा भाइ उमेशले दाजुलाइ ढुंगाले हानेको महेशकी श्रीमती गिता भरले प्रहरीलाई बताएकी छन्। उनले देवर र सासु सुराराविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले भाइ उमेश र उनका बुवाआमालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। मृतक भरका दुइ छोरी पनि छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क