इन्फो नेपाल — सञ्चारको सञ्जाल

एकसाता सम्म शव नभेटिएपछि तमोरमा बेपत्ता भएका बेलबारीका खत्रीको काजकिरिया सुरु

सुनसरी : तमोर नदीले बगाएर बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थकुमार खत्रीको शव एक सातासम्म फेला नपरेपछि काजकिरिया शुरु गरिएको छ । बिहिबार स्थानीय केशलिया घाटमा कुशवको शव बनाएर अन्त्येष्टि गरि उनको काजकिरिया शुरु गरिएको परिवारका सदस्यले जानकारी दिए । धनकुटाको साँगुरीगढी- ९ दिलुङटारस्थित तमोर नदीमा गत असार ८ गते शुक्रबार दिउँसो मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर झरेपछि तमोर नदीले उनलाई बगाएको थियो । बिहीबार दिउँसो ३ बजेतिर पुल निर्माणका लागि ढुंगामा चढेर नापजाँच गर्ने काम भइरहेको थियो । सोही बेला उनी चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । उनी मंगलबार मात्रै ६ जना साथीहरु सहित प्रयोगात्मक अभ्यासका धनकुटा पुगेको बताइएको छ । उनी काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियर पढ्दै आएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क