इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन, ५५ लाख भेटी संकलन

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा मन्दिरमा यस वर्षको फागुन महिनामा मात्रै ५५ लाख ७० हजार ८८० रुपैयाँ भेटी रकम संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार संकलित रकम समितिको नाममा विभिन्न बैंकमा जम्मा गरिएको छ र विवरण सार्वजनिक गरिएको छ। सम्झनीय भेटी संकलनसँगै मन्दिरमा भक्तजनको चहलपहल पनि उच्च रहेको छ। गत महिनामा मात्रै करिब १८ हजार भक्तजनले पाथीभरा दर्शन गरेका छन्। आन्तरिक तथा बाह्य गरी १७ हजार ९ सय १२ तीर्थयात्रीले मन्दिरमा पूजापाठ गरेका थिए। गत साउनदेखि माघसम्मको अवधिमा ९८ हजार ३ सय भक्तजन पाथीभरा पुगेका थिए भने फागुनसमेत गरी यस वर्ष एक लाख १६ हजार २ सय १२ जनाले मन्दिर दर्शन गरेका छन्। बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी दशैं र बसन्त ऋतुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। दशैंपछि चैत्र महिनामा समेत मन्दिरमा धेरै भक्तजन आउने गर्दछन्। ३,७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा पुग्न इटहरी र बिर्तामोडबाट सडक मार्ग हुँदै आउन सकिन्छ। मन्दिर परिसरमा हेलिकप्टरबाटै आउन सकिने व्यवस्था पनि छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क