इन्फो नेपाल — सञ्चारको सञ्जाल

एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार केजी धान भित्रायो

काठमाडौं । आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईएको छ । धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ । पछिल्लो एघार महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना अर्थात २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको धान नेपालले आयात गरेको हो । चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिव साढे १८ अर्ब रुपैयाँको धान आयात गर्ने देखिन्छ । पछिल्लो एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले झन् ठूलो मात्रामा धान आयात गरेको थियो । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको ६९ करोड ८० लाख ६१ हजार ७२८ केजी धान आयात गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख १३ हजार रुपैयाँको ५ करोड ७५ लाख ९७ हजार ४६९ केजी र २०७५/७६ मा ६ अर्ब ८४ लाख ६० लाख ५० हजार रुपैयाँको धान विभिन्न देशबाट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । धान मात्र होइन नेपालमा विभिन्न देशबाट ठूलो मात्रामा चामल पनि भित्रने गरेको छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २७ अर्ब १२ करोड ७ लाख ९९ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँ, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख १५ हजार रुपैयाँ र २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको चामल नेपालले आयात गरेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क