इन्फो नेपाल — सञ्चारको सञ्जाल

एप्पलको युट्युब च्यानल ह्याक

काठमाडौं । सोमबार राति पौने ११ बजे एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज घोषणा गर्ने इभेन्टको तयारी पूरा भएको थियो। भौतिक र अनलाइन दुवै माध्यमबाट हुने यस कार्यक्रममा विश्वभरका लाखौं व्यक्तिले भाग लिने अपेक्षा गरिएको थियो। तर, कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि नै एप्पलको अमेरिकामा केन्द्रित युट्युब च्यानलबाट एक नक्कली लाइभ भिडिओ प्रसारित भयो। यो नक्कली भिडिओमा एप्पलका सीईओले बिटक्वाइनबारे जानकारी दिइरहेको देखाइएको थियो। भिडिओमा आवाज अस्वाभाविक थियो र अधिकांश भाग बिटकक्वाइनको प्रचारले ढाकिएको थियो। यो भिडिओलाई सात लाख भन्दा बढी दर्शकले हेरे, जसमध्ये धेरैले यसलाई वास्तविक मानेका थिए। पछि थाहा भएअनुसार, यो भिडिओ डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएको थियो। भिडिओमा दिइएको लिङ्कमार्फत लगानी गर्न प्रेरित गरिएको थियो, जसले गर्दा सयौं प्रयोगकर्ता झुक्किएर वेबसाइट भिजिट गरेको बताइएको छ। यो घटना बाहिरिएपछि युट्युबले तुरुन्तै उक्त भिडिओलाई हटायो। यस घटनाले एप्पल जस्तो ठूलो कम्पनीको नाममा समेत साइबर अपराधीहरूले कसरी प्रयोगकर्तालाई ठग्न सक्छन् भन्ने देखाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क