इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमबाप्प कसरी बने उत्कृष्ट ?

काठमाडौं । कतारमा गत आइतबार सम्पन्न विश्वकप फुटबलमा फाइनलिस्ट टिम फ्रान्सका खेलाडी किलियन एमबाप्पेको चर्चा सेलाएको छैन । २३ वर्षीय एमबाप्पेले जुन जादु अर्जेटिनाविरुद्धको फाइनलमा देखाए त्यो विश्वका सबै स्टार खेलाडीलाई समेत लोभ्याउने खालको थियो । विश्वकै स्टार खेलाडीका लागि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एउटा सपना हुन्छ । फ्रान्सको टिममा १० नम्बरको जर्सी लगाएर खेल्ने एमबाप्पले त्यो सपना पूरा गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडीका रूपमा चार वर्षअघि मस्कोमा भएको विश्वकपमा नै देखापरेका थिए । मस्कोमा फ्रान्सले उपाधि जित्दा उनले फाइलनमा क्रोएसियाविरुद्ध गोल गर्दै विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बनेका थिए । यसअघि १९५८ मा विश्वकपको फाइलनमा पेलेले १८ वर्षको उमेरमा गोल गरेका थिए । पेलेको गोलको मद्दतमा ब्राजिलले स्विडनलाई ५–२ ले हराएको थियो । यसपटक त एमबाप्पेले थु्रपै रेकर्ड नै बनाए । एमबाप्पेले १४ वर्षको उमेरमा मोनाकोको युथ सेटअपमा सामेल हुनुअघि एएस बोन्डीबाट आफ्नो करियर सुरु गरेका थिए । २०१५को डिसेम्बरमा उनले मोनाकोको टिमबाट वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरेसँगै उनी क्लबको सबैभन्दा कान्छो खेलाडी बने । यो रेकर्ड यसअघि फ्रान्सका लिजेन्ड थिएर हेनरीको नाममा थियो । उनले २०१६÷१७ को सिजनमा २९ खेलमा १५ गोल गरे । जसको मद्दतमा मोनाकोले लिग १ को उपाधि जित्यो । मोनाकोमा प्रभाव पारेपछि एमबाप्पे ऋण सम्झौतामा २०१७ मा पेरिस सेन्ट जर्मेनमा सारिए । उनले पीएसजीको डेब्यु खेलमा नै गोल गरे । मेट्समाथि ५–१ को जितमा उनको गोल सामेल थियो । एमबाप्पेले पहिलोपटक अन्तर्राष्ट्रिय सफलताको स्वाद २०१६ यूईएफए अन्डर १९ च्याम्पियनसिपमा चाखे । फ्रान्सले फाइलनमा इटालीलाई हराएर उपाधि उचालेको सो प्रतियोगितामा ५ गोल गरेका थिए । उनले २०१७ मा लक्जमबर्गविरुद्धको खेलमा फ्रान्सका लागि वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरे । उनी मारियानपछि फ्रान्सको प्रतिनिधित्व गर्ने दोस्रो कान्छो खेलाडी बने । उनले पहिलो अन्तर्राष्ट्रिय गोल २०१७ मा नेदरल्यान्डविरुद्ध गरेका थिए । फ्रान्सले २०१८ को विश्वकप जित्दा उनी प्रभावशाली थिए । उनले ५ गोल गरेका थिए । पेलेपछि विश्वकपको फाइलनमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । उनी त्यतिबेला नै फिफा उत्कृष्ट युवा खेलाडी अवार्ड प्राप्त गर्न सफल भए थिए । उनलाई पेलेले समाजिक सञ्जालमार्फत बधाई दिएका थिए । एमबाप्पेका बुबा विल्फ्रेड एक फुटबल प्रशिक्षक थिए र एएस बोन्डीमा आफ्नो करियर सुरु भएदेखि नै एमबाप्पेका एजेन्ट बनेका छन् । उनका कान्छो भाई एथान पनि प्रतिभाशाली खेलाडी हुन् । उनले भर्खरै पीएसजीका लागि हस्ताक्षर गरे । २०१८मै उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राेंससँग अफ्रिकामा फुटबल विकासका लागि कुरा गर्न भेटेका थिए । फोब्र्सले अप्रिल २०२२ मा सार्वजनिक गरेको सूचीअनुसार विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीमा सूचीमा उनी ३५औं स्थानमा छन् । उनको जन्म पेरिसको उत्तरमा रहेको एउटा सानो सहर बान्डीमा भएको हो । उनको परिवार बान्डी फुटबल क्लकको घरेलु मैदानको नजिकै बस्दथे । उनी त्यहाँ घन्टौं साथीसँग फुटबल खेल्थे । उनको पिता विलफ्रेड स्थानीय क्लबसँग आबद्ध थिए । त्यो क्षेत्रमा उनको पिताको प्रतिष्ठा थियो । पेरिसको फुटबल क्लबमा पनि उनको सम्बन्ध राम्रै थियो । उनको पिता मूलत क्यामरुनका हुन् । उनकी आमा फाएजा लमारी अल्जेरियाकी हुन् । उनी पनि ह्यान्डबल खेलाडी थिइन् । घरमा पनि फुटबलमय वातावरण थियो । टिभीमा पनि फुटबल नै हेर्थे । स्कुलमा पनि फुटबल खेल्थे । भनिन्छ, एमबाप्पेको श्वासश्वासमा फुटबल छ । उनको कोठाका भित्ता क्रिस्टियानो रोनाल्डोको पोस्टरले भरिन्थ्यो । रोनाल्डोलाई उनी आफ्नो आदर्श खेलाडी मान्छन् । सानैदेखि नै उनले फुटबलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा पेरिसमा पनि फैलियो । फ्रान्सका सबै क्लब र युरोपियन टिम एलर्ट भए । तर, उनी योजनाबद्ध रूपमा अघि बढेका थिए । एमबापेको विश्वकप रेकर्ड
  •  विश्वकप विजेता १९ वर्षमा
  •  विश्वकपको गोल्डेनबुट विजेता २३ वर्षेमा
  •  १९६६ पछि विश्वकप फाइनमा पहिलो ह्याट्रिक
  • विश्वकप फाइलनका सर्वाधिक गोलकर्ता २००२ पछि एउटै विश्वकपमा ७ भन्दा बढी गोल गर्ने खेलाडी

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क