इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसिसी पास गर्नेबारे प्रचण्ड र मेरो हस्ताक्षरमा पत्र पठाएका छौँ : देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पारित गर्ने प्रतिवद्धता संयुक्त रुपमा अमेरिकासँग गरेको खुलेको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गराउनका लागि पत्र पठाइसकेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा सहभागी भएर फर्किएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्नका लागि पत्र पठाइएको बताएका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाएको उनले बताए ।एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गो भएको भेटको क्रममा आफूले एमसिसी पास हुने जानकारी गराएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।ल्याटोर्तुले एमसिसी कहिले पास हुन्छ भनेर सोधेको र आफूले दलहरुसँग कुराकानी भइरहेको जानकारी गराएको देउवाले बताए । केही अध्यादेश ल्याउनका लागि संसद अधिवेशन रोकिएकाले एमसिसी पास हुन नसकेको जवाफ दिएको पनि देउवाले बताएका छन् । ल्याटोर्तु र देउवाबीच गएको मंगलबार भेटवार्ता भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क