इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसीसीबारे देउवा र प्रचण्डमध्ये १ जनाले झुट बोले: ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का सन्दर्भमा सत्तारुढ गठबन्धनका नेताहरुले झुट बोलेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)मध्ये १ जनाले झुट बोलेको ओलीको भनाइ छ।सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले भने, 'शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ। दुईमध्ये एउटाले त झुट बोलेको हो नि, होइन?'

ओलीले आफ्नो पार्टी एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए। ओलीले एमसीसीका बारेमा प्रधानमन्त्री देउवा र गठबन्धनका नेता प्रचण्डलाई सोध्न पनि आग्रह गरे।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वेदश फर्किने क्रममा प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी पास गर्छौं भनेर आफू र प्रचण्डले लिखित पत्र पठाएको बताएका थिए।

देउवाको अभिव्यक्तिपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास गर्छौं भनेर पत्र नलेखिएको बताएका थिए। एमसीसी कार्यालयलाई पत्र लेखिए पनि उक्त पत्रमा एमसीसी सम्झौताका सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि समय लाग्ने भन्ने व्यहोरा उल्लेख गरिएको प्रचण्डको भनाइ थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क