इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसीसी अगाडि बढाए सरकार छोड्ने माओवादी केन्द्रको निर्णय, वालुवाटारतिर प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न खोजे सरकार छोड्ने निर्णय निकालेको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो । आज प्रतिनिधिसभाको बैठक दिउसो २ बजे बस्ने भएको छ । प्रतिनिधिसभा बैठकअघि संसदको कार्यव्यवस्था बैठक पनि यतिबेला बसिरहेको छ । सो बैठकले आजको संसद बैठकम एमसीसी टेबुल गर्ने निर्णय गर्ने बताइएको छ । उक्त बैठकअघि नै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले एमसीसी संशोधन र परिमार्जन नगरि पास गर्न नसकिने निश्कर्षमा पुगेको माओवादी केन्द्रले जनाएको छ । सत्ता गठबनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनकै घटक मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने कुनैपनि हालतमा यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान लिँदै आएको छ । माओवादी केन्द्र विपक्षमा विपक्षमा मतदान गर्नेसमेत निश्कर्षम पुगेको छ । संसद सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्न नसक्नेसमेत माओवादी केन्द्रको अडान छ । साथै पार्टीको बैठक सकेर मओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने प्रधानमन्त्री शेरबहादु देउवालाई भेट्न वालुवाटारतर्फ प्रस्थान गरेको बताइएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क