इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसीसी पारित बारे प्रचण्ड र देउवा : कस्ले झुट बोल्यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न हस्ताक्षर नै गरेर अमेरिकालाई चिठी पठाएको भनिएको झुटो भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गर्न अमेरिकालाई हस्ताक्षर गरेर पठाएको भनेपछि शुक्रबार अध्यक्ष प्रचण्डले उक्त कुरा झुटो रहेको बताएका हुन् ।बिहीबार बेलायतमा जलवायुसम्बन्धी कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग आफू र प्रचण्डले एमसीसी पारित गर्न हस्ताक्षर गरेर अमेरिकालाई पठाएको भनेका थिए । एमसीसीको चौतर्फी विरोध भइरहेको अवस्थामा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तरंग पैदा गरेको थियो ।शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा खेल्न आएको सञ्चारकर्मीका देउसी भैलो टिमसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले भनेजस्तो एमसीसीबारे हस्ताक्षर गरेर पत्र नपठाएको बताए । प्रचण्डले भने,‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ । तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’ अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा एमसीसी संशोधन नभई पारित नहुने पनि बताएका छन् । राष्ट्रिय हित र सहमतिविना एमसीसी पास नहुने प्रचण्डको भनाइ छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क