इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए । अमेरिकाले कूटनीतिक माध्यमले समयसीमा दिएपछि २८ मंसिरमा एमसीसीबारे टुंगो लाग्नसक्ने बुझिएको छ । यसैगरी, २८ मंसिरकै दिन एमसीसी निर्देशक समितिको बैठक तय भएको छ । उक्त बैठकमा नेपालको एमसीसीको विषय पनि एजेन्डामा राखिएको छ । नेपालको सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी संशोधनको विषय उठाउँदै आएका छन् । एमसीसी संसदमा अगाडि बढ्ने भएपछि सत्ता गठबन्धनका दलहरुले के गर्ने हुन् चासो बनेको छ । एमसीसीबारे नेपाली काँग्रेस जस्ताको तस्तै पारित गर्ने पक्षमा छन् ।माओवादी र एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । एमसीसीबारे गठबन्धनभित्र सहमति नबनेमा नयाँ घटनाक्रम विकास हुनसक्छ । एमसीसीबारे गठबन्धनको धारणा आएपछि मात्र आफूहरुले बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्माले स्पष्ट पारिसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क