इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘एमसीसी वेलकम’ भन्दै सडकमा निस्कियो एउटा समूह

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज प्रदर्शन भइरहेको छ। एमसीसीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा लगायत ५ दलले नेपाल बन्दको आह्वाननै गरेका छन। सरकारमै रहेको नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु पनि सडकमा आएका छन। यसैबीच, एमसीसीको चौतर्फी विरोध भइरहँदा एउटा समूह भने एमसीसीको समर्थनमा सडकमा आएको छ। एमसीसीको समर्थनमा ‘स्वतन्त्र नागरिक समाज’ले आज मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेको छ। ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले बुधबार अनामनगरमा मोटरसाइकलसहित समर्थनमा प्रदर्शन गरेको हो। उनीहरुले एमसीसी राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन्। अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो। र्यालीले एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए। सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा एमसीसीको विपक्षमा रहेका विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क