इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमसीसी सदनमा टुबल गर्न सभामुख तयार, तर एउटा सर्तमा !

प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी सदनमा टुबल गर्न ताकेता गरिरहेका बेला सभामुख अग्नी सापकोटा माथी एमसीसी टेबुल गर्न दबाव परेको छ । चौतर्फी दबावमा रहेका सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न तयार छौँ भनेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि थप अप्ठेरोमा परेका छन् । प्रचण्डले परिचालन गरेर सापकोटाले एमसीसी रोकेको आरोप लागीरहेको बेला उनी पनि एमसीसी टेबुल गर्न तयार भएको खबर छ । सभामुख सापकोेटाले एमसीसीका विषयमा संसदमा सबै सांसदले बोल्न पाउँने गरि प्रस्ताव टेबल गर्न राजी भएको बताइएको छ । उनले यस बिषयमा सबै सांससदलाई बोल्न दिने गरि गृहकार्य गरिरहेको पनि बताइएको छ । माघ २६ गते बस्ने प्रतिनिधीसभाको बैठकमा एमसीसी पेस हुने सम्भावना देखिएको छ । संसदमा एमसीसी पेस गर्नका लागी सभामखु सापकोटाले एउटा सर्त राखेका छन् । संसद बैठक बस्ने दिननै सभामखुले कार्यव्यस्था परामर्श समितीको बैठक राखेका छन् । कार्यव्यवस्था परामर्श समितीको बैठकमा सहमती भए मात्रै एमसीसी टेबुल गर्ने प्रस्ताव सभामुखको छ । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् । सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन् । उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ । माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ । उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क