इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमालेका नविकरण गर्ने भन्दा रास्वपाका नयाँ कार्यकर्ता धेरै !

काठमाडौं: तुलनात्मक रुपमा संगठित मानिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा पार्टीको सदस्यता नविकरण गर्नेहरु घटेका छन् । एमालेको १०औँ महाधिवेशनयता पार्टीको सदस्याता नविकरण गर्ने कार्यकर्ताभन्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नयाँ कार्यकर्ताहरु धेरै भएका हुन् । हाल एमालेमा पार्टीको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिनेको संख्या झण्डै ६० प्रतिशतले घटेको छ । पार्टीको १०औँ महाधिवेशनअघि एमालेले पार्टी सदस्यता ७ लाख ८९ हजार ६ सय २० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, महाधिवेशनपछि एमालेले पार्टी सदस्यताका बारेमा कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन । पार्टी स्रोतका अनुसार २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनपछि २०८० जेठसम्ममा पार्टीका ३ लाख ५० हजारभन्दा कमले मात्रै सदस्यता नविकरण गरेका छन् । अर्थात, एमालेका ५९ प्रतिशत कार्यकर्ताले पार्टीको सदस्यता नविकरण गराएका छैनन् । पार्टीमा नयाँ सदस्यसँगै सदस्याता नविकरण गर्नेहरुको उत्साह घटेको पार्टीकै नेताहरुले बताईरहेको बेला यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भने नयाँ सदस्यता लिनेहरुको संख्या ह्वात्तैको छ । संख्यात्मक हिसाबले पनि एमालेमा नविकरण गर्नेको भन्दा रास्पामा नयाँ सदस्यता लिने कार्यकर्ता बढी देखिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क