इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमालेले खुलायो ‘एम अधिकारी’ को परिचय, केहि दिन अगाडी महाप्रसादबाट बधाई लिएका थिए

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’ प्रकरणमा तानिएपछि एमालेले एम अधिकारीको परिचय खुलाएको छ । एमालेले खोटाङ घर भई हाल बिराटनगर बस्ने मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरेको छ । मनोजको थप परिचय खुलाउँदै एमालेले अर्थ तथा योजना विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने जानकारीसमेत दिएको छ । अधिकारी निकट स्रोतले उनी काठमाडौँ आउन लागेको पुष्टी गरेको छ। ‘अर्थ तथा योजना विभागमा रहनुभएका एम अधिकारी चार्टड एकाउन्टेन्ट मनोज अधिकारी हुनुहुन्छ, उहाँको स्थायी ठेगाना खोटाङ हो, अहिले कामको सिलसिलामा विराटनगरमा बस्नुहुन्छ । पार्टीले १० साउनअघि सबै केन्द्रीय विभागहरूको बैठक राख्ने योजना बनाइसकेको छ, त्यसअनुसार मनोज कमरेड पनि त्यो बैठकमा सहभागी हुनुहुनेछ ।’’ एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले भने- ‘उहाँ हाम्रो पार्टीको संगठित र क्रियाशील व्यक्ति हो, यसअघि पार्टीको पेसागत विशेष जिल्ला कमिटीमा बसेर कामसमेत गरिसक्नुभएको छ । मनोज अधिकारी बिराटनगरमा सिए फर्म संचालन गर्छन् । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संघका नवनिर्वाचित प्रदेश नम्बर १ का प्रमुखसमेत हुन् । केहि दिनअघि मात्र काठमाडौँमा एक्यानका नवनिर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रममा उनले महाप्रसाद अधिकारीबाट नै बधाई थापेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क