काठमाडौं - नयाँ गठबन्धन सरकारमा नेकपा एमालेले विष्णु पौडेल र विमला राई पौड्यालबाहेक अन्य पुरानै मन्त्रीलाई दोहोर्याउने भएको छ । गत वर्ष करिब दुई महिना मात्र मन्त्री बनेका रघुवीर महासेठ, राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, ज्वालाकुमारी साह, हरि उप्रेती र बलराम अधिकारीलाई नै मन्त्री बनाइने भएको हो।
महासेठले उपप्रधानमन्त्रीसमेत भई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पदम गिरीले मन्त्रीको शपथ लिइसकेका छन् भने अन्य मन्त्रीहरूले आज नै शपथ लिने तयारी भइरहेको छ।
एमालेबाट मुख्य दुई नेता विष्णु पौडेल र विमलाराई पौड्याललाई बाहेक गरेपछि करिब सबैजना पुरानै मन्त्री हुन लागेका हुन्। उनीहरूलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना छ।
अन्य दलहरू रास्वपा र माओवादीले पनि आफ्ना मन्त्री टुंग्याइसकेका छन्।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…