इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमाले मन्त्रीहरू राजीनामा दिँदै, काँग्रेस-एमाले गठबन्धन तयार

काठमाडौं | नेपालको राजनीतिक वृत्तमा भूकम्प आएको छ। सोमबार मध्यरातमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। यो कदमले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको अन्त्य र केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठनको बाटो खोल्नेछ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले इन्सँफो नेपालसँग कुराकानी गर्दै मन्त्रीहरूको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जानकारी दिए। उनले प्रधानमन्त्री प्रचण्डले साँझसम्म नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरे।

यसैबीच, नेपाली काँग्रेसले नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारीहरूको बैठक बोलाएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ, जहाँ हिजोको सहमति र नयाँ सरकार गठनको रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

यो नयाँ राजनीतिक समीकरणले नेपालको सत्ता संरचनामा ठूलो परिवर्तन ल्याउने देखिन्छ। आगामी दिनहरूमा यस परिवर्तनको प्रभाव र नयाँ सरकारको नीति तथा कार्यक्रमहरू के-कस्ता हुन्छन् भन्ने कुराले सबैको ध्यान आकर्षित गर्नेछ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क