इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमाले–राप्रपा सहकार्यको तयारी !

राष्ट्रियसभा निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्य हुने भएको छ । राप्रपालाई सहकार्यको प्रस्ताव भने कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले पनि गरेको थियो । तर, राप्रपाले एमालेसँग सहकार्य गर्न चाहेको हो ।राप्रपाका एक पदाधिकारीले बताएअनुसार एमालेसँग सहकार्य गर्न हुने गरी गृहकार्य भइरहेको बताए ।राष्ट्रियसभा निर्वाचनमा जितको निर्णायक मतभार राप्रपासँग छ । राप्रपाको कूल मतभार १२० हो । प्रदेश संसदमा १ सांसद र स्थानीय तहमा चार जना जनप्रतिनिधि छन् । चार जनप्रतिनिधिको मतभार ७२ र एक सांसदको मतभार ४८ हो । अन्ततः निर्णायक मतभार बोकेको राप्रपाले एमालेसँग सहकार्य गर्ने भएको छ । मंगलबार राप्रपाले प्रदेश १ मा अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । दुवै जनाले मनोनयन गरिसकेका छन् ।तर, राप्रपाले एक जना उम्मेदवारको मनोनयन भने फिर्ता गराउने भएको छ । विष्ट कि प्याकुरेल भन्ने निश्चित छैन । निर्वाचनमा आवश्यकताका आधारमा सहकार्य गर्ने जिम्मेवारी पाएका राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले एक सिट पाउने र त्यसमा कुन उम्मेदवारलाई अघि बढाउने भन्ने टुंगिन बाँकी रहेको बताए ।महिला सिट पाएको अवस्थामा राप्रपाबाट प्याकुरेल अघि बढ्नेछिन् । अन्य सिट पाउँदा भने विष्ट अघि बढ्ने भएका छन् । अल्पसंख्यक वा अपाङ्गता सिटबाट भने राप्रपाको उम्मेदवार छैन । त्यसले गर्दा राप्रपाले अन्य वा महिलामध्ये एक सिट पाउने देखिन्छ । एमालेका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुनमा सकिँदै छ । उनीहरू हुन्, अगमप्रसाद बान्तावा, परशुराम मेघी गुरुङ र नैनकला ओझा । उनीहरूको पदावधि सकिँदा रिक्त हुने सिटमा निर्वाचन १२ माघमा हुने भएको छ ।२०७४ फागुनमा चार बर्से कार्यकालका लागि उनीहरू राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । झापा क्षेत्र नम्बर–३ बाट कांग्रेसका ‘हाइ प्रोफाइल’ नेता कृष्णप्रसाद सिटौला उम्मेदवार थिए । सिटौलालाई हराउन लिङ्देनलाई जित्न सहज थिएन । तत्कालीन नेकपाका उम्मेदवार हुने भनिएका नेताहरू यी दुई नेताभन्दा ‘लो प्रोफाइल’ का थिए ।त्यसपछि सिटौलालाई हराउन झापा–३ मा नेकपा–राप्रपा गठबन्धन भयो । गठबन्धनको उम्मेदवार बनेका लिङ्देनले निर्वाचन जिते । त्यसको ऋण अध्यक्ष लिङ्देनले चार वर्ष हुन लाग्दा राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर चुक्ता गर्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार आगामी निर्वाचनमा पनि एमाले–राप्रपा गठबन्धन हुने सम्भावना छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क