इन्फो नेपाल — सञ्चारको सञ्जाल

एसीसीएको परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्वकै उत्कृष्ट

काठमान्डौ– एसोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)को परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्वकै उत्कृष्ट बनेकी छन्। उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेकी हुन्। यस परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए। २० वर्षीय मानन्धर हाल ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत छन्, जुन एसीसीएको सम्बन्धन प्राप्त कलेज हो। उनले दुई सय पाउन्ड स्ट्रलिङका साथसाथै एसीसीएबाट प्रमाणपत्र पनि पाउनेछिन्। एसीसीएका नेपाल प्रमुख रविन कटवालले नेपालका लागि यो ठूलो उपलब्धि भएको र यसले विद्यमान तथा भविष्यमा पनि एसीसीएमा आबद्ध हुन चाहने विद्यार्थीका लागि ठूलो सम्भावना रहेको पुष्टि भएको बताए। विश्वव्यापी संयन्त्र भएको एसीसीएमा दुई लाख ३३ हजार पेशागत एकाउन्टेन्ट आबद्ध छन्, जसमा १७८ देशका पाँच लाख ३५ हजार विद्यार्थी छन्। नेपालमा एसीसीएमा आबद्ध झण्डै तीन हजार विद्यार्थीले एमसीए कोर्स अध्ययन गरिरहेका छन्। एसीसीएका झण्डै पाँच सय सदस्य नेपालमा विभिन्न ओहोदामा काम गरिरहेका छन्।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क