इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओखलढुंगाको सिद्धिचरणमा शिक्षक ह´त्याको अभियोगमा २२ वर्षीया युवती पक्राउ

सुनसरी / ओखलढुंगाको सिद्धिचरणमा शिक्षक हत्याको अभियोगमा २२ वर्षीया युवती पक्राउ परेकी छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई ह´त्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका ५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दीपककुमार ठाकुरको ह´त्या हत्या गरेको अभियोग छ । ठाकुरको गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको थियो भने घटनास्थल प्रकृतिका आधारमा ह´त्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनामा युवतीको संलग्नता रहेको पुष्टिको आधार भेटेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जानकारी दिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपिट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । ठाकुर यस अघि सिद्धिचरण ८ सल्लेरीको एक विद्यालयमा शिक्षक थिए, आरोपित विद्यार्थी । उनी सरुवा भएर अन्यत्र जाँदा पनि ति युवतिलाई बारम्बार फोन गर्ने गरेको पाइएको छ । यही क्रममा ति युवतिसँग ठाकुरको हिमचिम बढेर भेटघाट हुने गरेको स्थानीय बताउँछन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क