इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओखलढुंगाको सिद्धिचरणमा बाबुले दुई वर्षीया छोरीको ह'त्या गरे

सुनसरी / ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ अधेरीमा दुई वर्षीया बालिकाको बुबा ३७ वर्षीय राजेन्द्र राईले हिजो सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको ह'त्या गरेका छन् । राति मदिरा सेवन गरी घर आएका राईले घरायसी वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए । त्यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्। राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको थिए । घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी ओखलढुंगाले जनाएको छ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क