इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओमिक्रोनको जोखिमबारे स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो सुचना

काठमाडौँ — ओमिक्रोनको जोखिम देखिएको भन्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई ध्यानमा राख्दै सावधानी अपानाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो बनाइएको जानकारी दिए । उनले यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर देखिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् साथै पायक पर्ने ठाउँमा खोप लगाउन पनि अनुरोध गरेका छन् । मन्त्रालयले नयाँ भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्ने काम भइरहेको जनाएको छ । केही दिन अघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका तथा एसियाका केही मुलुकहरुमा संक्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न पनि घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता