इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि लकडाउनको घोषणा

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्डमा लकडाउन भएको छ । नजिकिँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि लकडाउन कडा बनाइएको नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले जानकारी दिए । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् । चाडपर्वके समयमा घरमा चारजना सम्म मात्र पाहुना आउन पाउने नियम लागु गरिएको छ । लागु गरिएका नियम कडाइका साथ पालना गर्न आग्रह गर्दै प्रधानमन्त्री मार्करुटले उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो । कोरोना ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरिसकेका छन् । गत नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ । यसैबीच बेलायतमा कोराना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । बेलायतमा एकै दिन ८० हजार बढीमा कोराना संक्रमण पुष्टी भएको बताइएको छ । शनिबार नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै लकडाउन लगाइने घोषणा गरेका थिए। अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क