इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओमिक्रोन कोरोना भाइरस विश्वभर तिव्र गतिमा फैलियो

काठमाडौं, २९ मंसिर । विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ । अहिलेसम्म विश्वका ७७ देशमा भाइरस फैलिएको छ । यो भाइरस फैलन नदिने विशेष सतर्कता अपनाइएको डब्लुएचओले जनाएको छ ।अफ्रिकाबाट भेटिएको भनिएको यो भाइरस यूरोप, एशियालगायत सबै महादेशमा देखा परेको छ । तर, अनुसन्धानबाट अहिलेको कोरोनाविरुद्धको खोपले पनि यसको रोकथाममा प्रभावकारी भूमिका खेल्ने पत्ता लागेको छ । यसैगरी, अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । चीसो बढेसँगै अमेरिका र यूरोपमा भाइरसको संक्रमण भएमा खतरा झन् बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । विश्वभर कोरोनाविरुद्धको खोपमा विशेष ध्यान दिइएको छ । चीनमा ८० प्रतिशत, जापानमा ७८ प्रतिशत, अमेरिकामा ६० प्रतिशत, ब्राजिलमा ६५ प्रतिशत, भारतमा ३७ प्रतिशतले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । विश्वको ४६ प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएको जनाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क