इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओमिक्रोन भाइरस : प्रदेश–२ का सीमानाकामा कडाइ, स्थानीय तहको तयारी शून्य

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारांैको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरेका हुन् । प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडामगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजिकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालन भैइरहेको छ । प्रदेश–२ को बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ । प्रदेश–२ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको गुनासो छ ।ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ । डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन । सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको र यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै योजना बनाउनु पर्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको सुझाव छ ।अहिले हरेक जिल्लामा प्रहरीले नै मास्क र खोप अभियानलाईसमेत तीव्र बनाइरहेको छ । प्रहरी कै पुरानो अभियानअन्तर्गत मास्क खै ? र खोप लगाउनु भयो ? भन्ने अभियान चलाइरहेका छन् । सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका प्रदेश–२ मै छन् । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमीटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीवाट नेपाल–भारत आवतजावत हुन्छ । यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायवाट बेवास्ता हुनुलाई सर्वसाधारणले संसयपूर्ण ढङ्गले हेरेका छन् । प्रमुख जिल्ला अधिकारीले पनि यी विषयमा खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ । यद्यपि, आइतवार बैठक बसेर नयाँ योजना बनाउने सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ । महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले महोत्तरीसहित प्रदेश–२ का जिल्लामा खुला सीमाका कारण सजगता अपनाउनु पर्ने बाध्यता रहेको बताए । आइतबार सबै निकायहरूसँग बैठक बसेर रोकथाम तथा न्यूनीकरणका लागि योजना बनाउने उनले जानकारी दिए । प्रदेश–२ अन्तर्गतका जिल्लाका खुला सीमाना तथा भन्सारमा मात्र कडाइ गरे कोरोना भाइरसको जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क