इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओलीको निधनपछि काँग्रेसमा अन्तरघातकै डर

काठमाडौं । २०७४ मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो। यी हारको कारण काँग्रेसले भन्यो ‘पार्टीभित्रकै अन्तरघात।’ त्यसो त जितमा पनि काँग्रेसले पार्टीभित्र अन्तरघात भएको भनेर नकार्न सक्दैन। फलत जिल्लामा भएका निर्वाचनको जुनसुकै परिणामलाई काँग्रेसले पार्टीको अन्तरघातसँग जोडेर विश्लेषण गर्दै आएको छ। हार वा जित दुवैमा अन्तरघात जोड्ने गरेको काँग्रेसको बुझाइ छ, ‘अन्तरघात हारको प्रमुख कारण हो, अनि जित पनि अन्तरघात हुँदाहुँदै भएको हो।’ पहिलो संविधानसभा निर्वाचनमा जिल्लामा माओवादी एकछत्र विजयी हुनुको प्रमुख कारण काँग्रेसले आफूभित्रको अन्तरघातलाई अर्थ्यायो। पार्टीकै नेता तथा कार्यकर्ताको चरम अन्तरघातका कारण पहिलो संविधानसभा निर्वाचनमा हार बेहोरेको विश्लेषण गरेका काँग्रेसीजनले पछिल्लो संविधानसभा निर्वाचन २०७० मा अन्तरघात हुँदाहुँदै जित निकालेको विश्लेषण गरे । स्थानीय तह निर्वाचन परिणामसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नुपरेको हारलाई पनि काँग्रेसले पार्टीभित्रकै अन्तरघातसँग जोडेर हेन्यो । प्रदेशसभा उपनिर्वाचनमा पनि हारको कारण अन्तरघात नै भएको निष्कर्ष उसले निकाल्यो। आगामी स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात दोहिरन सक्ने भयले काँग्रेस नेता र कार्यकर्ता चिन्तित हुन थालेका छन् । उसले सांगठनिक कमजोरीलाई हारको कारण मान्दैन। याे खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क