इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओलीलाई कालोझण्डा देखाउने पक्राउ

जनकपुर: एमाले अध्यक्ष ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने११ जनालाई प्रहरीले प्रक्राउ गरेका छन् । नागरिकताविहीन युवाहरूले ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेको थियो । ओली सोमबार जनकपुर आउँदा क्याम्पस चोकमा नागरिकताविहीन युवाहरुले कालो भण्डा देखाएका हुन् । जनकपुर विमानस्थलबाट कार्यक्रमस्थल तिरुहुतिया गाछी जान लागेका बेला क्याम्पस चोकमा जम्मा भएका नागरिकताविहीन युवाले कालो झण्डा देखाएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी अवरुद्ध र कालो झण्डा देखाउने योजना बनाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए । नागरिकताविहीन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले नागरिकता विधेयक पारित गर्न नेकपा एमालेका अध्यक्ष ओली सहयोग नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नमानेको विरोध कालो झण्डा देखाउने प्रयास गरिएको बताए । उनले महादेव महरा, अशोक महतो, प्रमोद यादवलगायतका युवालाई प्रहरीले पक्राउ गरेको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क